इसेवाको एप डाउलोड गर्नेको संख्या १० लाख पुग्यो, २५० भन्दा बढि सेवाको शुल्क तिर्न मिल्ने




काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ। यो संख्या नेपालका बैंक, वित्तिय संस्था  तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै रहेको विज्ञप्तिमा उल्लेख छ। 

पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख नाघेको हो। 
Sunrise Bank
Sipradee


सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्रहाकमध्ये मोबाईल एप्स्बाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन्। यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। 

मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट  भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ। आगामी दिनमा पनि नेपालका शहर देखि ग्रामिण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहनेछौँ।’ 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

Share this Story

   

इसेवाको एप डाउलोड गर्नेको संख्या १० लाख पुग्यो, २५० भन्दा बढि सेवाको शुल्क तिर्न मिल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.