सगरमाथा आरोही कल्पनालाई महालक्ष्मी लाइफको १ लाख, कम्पनीको लोगो अंकित झण्डा फहराउने

बिजमाण्डू
२०७५ चैत्र २८ गते १२:५६ | Apr 11, 2019
सगरमाथा आरोही कल्पनालाई महालक्ष्मी लाइफको १ लाख, कम्पनीको लोगो अंकित झण्डा फहराउने

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला आरोही कल्पना महर्जनलाई सहयोग गरेको हो। 

उनले गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन्। महर्जनलाई आरोहणमा सहयोग पुर्याउन कम्पनीले आधिकारिक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसँग सम्झौता गरेको छ।

कम्पनीले १ लाख रुपैयाँ दिएको हो। "शिक्षा मार्फत बाल विवाहको अन्त" को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान लागेकी महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा फहराउने छिन्। 

महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पनालाई हस्तान्तरण गरेका छन्।