काठमाडौं। स्मार्ट टेलिकमले नयाँ ग्राहकहरूको लागि स्मार्ट साथी सीम सार्बजनिक गरेको छ। ९९ रुपैयाँमा दुई वटा सीमा प्राप्त हुने छ।
यी दुई सीमबीच २५ पैसा प्रति मिनेटमा (करवाहेक) एक आपसमा कुरा गर्न सकिने छ। यो सीममा २५ रुपैयाँको मेन ब्यालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स र ३०० एमबी डाटा पनि समावेश गरिएकोे छ।
बोनस ब्यालेन्स र डाटा ३० दिनको लागि मान्य हुनेछ। कम्पनीले फोरजी प्रविधिको प्रयोग गर्दै आएको छ।