काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा देखिएको समस्याको अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।
महासंघको ५३औं वार्षिक साधारणसभाबाट यो निर्णय भएको हो। महासंघबाट जारी विज्ञप्तिमा भनिएको छ विज्ञहरुको समेत संलग्नतामा मुलुकभित्र उद्योग, व्यवसाय लगायत अर्थतन्त्रको विकासका क्रममा देखा परेका पूर्वाधारको समस्या, प्रकृयागत झन्झट, कानुनी अप्ठ्यारा लगायतको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई पेश गरिनेछ।
यो वाहेक विधान संशोधनको मस्यौंदा यथाशिघ्र तयार पारेर सबै सदस्यसँग छलफल गर्ने निर्णय समेत महासंघले गरेको छ। महासंघले उद्योगको पूँजीका आधारमा वर्गीकरण गरेर सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, थिंक ट्याक स्थापना गर्ने लगायतको निर्णय गरेको छ।