एक दिन अघिसम्म २१ अर्ब रुपैयाँले बढेको बैंकको निक्षेप भोलिपल्टै कसरी १४ अर्ब रुपैयाँले घट्यो?

बिजमाण्डू
२०७६ बैशाख २ गते ०८:४८ | Apr 15, 2019
एक दिन अघिसम्म २१ अर्ब रुपैयाँले बढेको बैंकको निक्षेप भोलिपल्टै कसरी १४ अर्ब रुपैयाँले घट्यो?


काठमाडौं। गत साता बाणिज्य बैंकहरुको  निक्षेपमा अस्वभाविक उतारचढाव देखिएको छ। एक सातामा २१ अर्ब रुपैयाँले निक्षेप बढेको तथ्यांक राष्ट्र बैंकले जारी गर्यो। तर भोलीपल्टै बैंकहरुबाट १४ अर्ब रुपैयाँ गायव भयो।

Tata
GBIME
Nepal Life

१४ अर्बमध्ये १० अर्ब रुपैयाँ त एउटा बैंकबाट मात्र हराएको थियो। चैत २४ गतेसम्मको तथ्यांकमा बैंकहरुको निक्षेप सातामै २१ अर्बले बढ्दा २७ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। ऋण बिस्तार भने ६ अर्बले मात्र बढेको थियो। 

चैतमा विकास निर्माणका काम केही बढेको तथा स्थानीय निकायमा जाने संघीय बजेट पनि भुक्तानी भएकाले निक्षेपका सुधार देखिएको थियो।

निक्षेपमा आएको सुधारले ऋण बिस्तारसँग सन्तुलन बिस्तारै देखिन थालेको थियो। चालु बर्ष बैंकहरुले २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब २ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्। यो चैत २४ गतेसम्मको तथ्यांकमा आधारित हो।

चैत २५ गते १४ अर्ब रुपैयाँ घट्यो। १४ मध्ये १० अर्ब रुपैयाँ सानिमा बैंकबाट मात्र घट्यो। अहिले सानिमा बैंकले आयल निगमको खाता सञ्चालन गर्छ। निगमको कलेक्सन र भुक्तानी दुबै सानिमाले हेर्छ।

पेट्रोलियम पदार्थको भुक्तानी दिनका लागि निगमले १० अर्ब मागेपछि सानिमाबाट त्यो पैसा घटेको थियो। बाँकी चार अर्ब रुपैयाँ चैत २५ गते सरकारलाई भ्याट फाइल गर्नु पर्ने महिनाको अन्तिम दिन थियो। यो पैसा चाँही सबै बैंकबाट घटेको थियो।