२२ सय मीटरको दूरीमा रहेको स्वयम्भू र हनुमानढोकालाई पदमार्गले जोड्ने, सम्पदा पदमार्गको रुट तयार

बिजमाण्डू
२०७६ बैशाख ३ गते १५:२४ | Apr 16, 2019


काठमाडौं । विश्व सम्पदामा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना तयार भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिले २२ सय मिटर दुरीमा रहेको दुवै सम्पदालाई जोड्ने गुरुयोजना तयार पारेको हो ।

उक्त गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी  बिहीबार सार्वजनिक गरिने समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।

बिहीबार गुरुयोजना सार्वजनिक गर्नु अघि स्वयम्भु भुईखेलदेखि हनुमानढोका दरबार क्षेत्रसम्म र्याली आयोजना गरिने समितिले जनाएको छ ।

सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवर्द्धन, जनताको आयस्तरमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको विकास, सम्पदाको मुल्य मान्यताबारे जनचेतना अभिबृद्धि गर्ने लक्ष्य राखेको छ ।  

महानगरका बिभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको पहिचान, पुस्तान्तरण तथा सम्वर्द्धन कार्यमा यसले सहयोग पुर्याउने विश्वास  लिइएको छ । सम्पदा पदयात्राका क्रममा २.२ किलोमिटर दूरीभित्र रहेका करिव २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिन्छ ।

सम्पदा पदमार्गको रुट:
हनुमानढोका –  काष्ठमण्डप – मरुगणेश – मरु हिटी – सन्तानेश्वर महादेव – मरुबही – मिच्या – बन्जा हिटी – सा: (तेल मिल) – चस्वार्द्ध – दमाईटोल – सुन्ता गल्ली – पाछै गल्ली – नरदेवी – आयुर्वेदिक अस्पताल – सामुदायिक गल्ली – बुराखेल – म्यछ्यो हिटी – तप्यता – रञ्जित मल्ल सत:घाट – भेलु महादेव  – डल्लु चौतारा – निपु हिटी (भीमसेन मन्दिर) – धिमे ल्वहं  – चाराहिटी – भुईखेल हुँदै स्वयम्भु ।