ज्योति विकास बैंकसँग मर्ज भएको हाम्रो विकास बैंकको कारोबार खुला, ज्योतिकै नामबाट कारोबार हुने

बिजमाण्डू
२०७६ बैशाख ४ गते १४:५० | Apr 17, 2019


काठमाडौं। ज्योति विकास बैंकसँग गाभिने सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको हाम्रो विकास बैंकको कारोबार खुला भएको छ।

Tata
GBIME
Nepal Life

मर्जरको प्रक्रिया सकिएर गत चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु भएसँगै दोस्रो बजारमा पनि कारोबार खुला भएको हो।

साविक हाम्रो विकास बैंकका शेयरधनीहरुले ज्योति विकास बैंकको कोडबाट शेयर कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हाम्रो विकास बैंकको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नामबाट कारोबार हुने भएको हो।

ज्योति विकास बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ। स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज भएसँगै बैंकको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ।

हाम्रो विकास बैंकको कारोबार रोक्का हुँदा दोस्रो बजारमा १३३ रुपैयाँमा कारोबार भएको थियो। बुधबार ज्योति विकास बैंकको बजार मूल्य १४१ रुपैयाँमा रहेको छ।