लक्ष्मी-एभरेष्ट बैंक मर्जर चर्चाको एक बर्ष: एभरेष्टकाले २५% गुमाए, लक्ष्मीका शेयरधनी फाइदामा

बिजमाण्डू
२०७६ बैशाख ५ गते ००:०० | Apr 18, 2019
लक्ष्मी-एभरेष्ट बैंक मर्जर चर्चाको एक बर्ष: एभरेष्टकाले २५% गुमाए, लक्ष्मीका शेयरधनी फाइदामा

काठमाडौं। लक्ष्मी बैंक र एभरेष्ट बैंक एक आपसमा गाभिने विषयले सबैभन्दा धेरै दोस्रो बजारमा प्रभावित पार्यो। एक वर्षको अवधिमा एभरेष्ट बैंकका शेयरधनीहरुले २५ प्रतिशतले गुमाए। 

Tata
GBIME
Nepal Life

मर्जरको विषयले सबैभन्दा धेरै लक्ष्मी बैंकका शेयरधनी लाभांन्वित भए। तर डिडिएपछि मर्जर प्रकृया अगाडि नबढ्ने भनेसँगै बैंकको शेयर मूल्य १५ प्रतिशतले तल झर्यो। 

शेयर बजार लगातार घटिरहेको समयमा पनि मर्जको विषयले लक्ष्मी बैंकको बजार मूल्य बढिरहेको थियो। एक वर्षको अवधिमा एभरेष्ट बैंकको मात्रै २२ लाख ६५ हजार कित्ताको एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै लक्ष्मी बैंकको ४१ लाख ३२ हजार कित्ताको ९१ करोड ७० लाख रुपैयाँको कारोबार भएको पाइन्छ। 

रकमका हिसावले एभरेष्ट बैंकको धेरै देखिए पनि कारोबार कित्ताको हिसावले लक्ष्मी बैंकको सत् प्रतिशत बढि छ। तुलनात्मक रुपमा लक्ष्मी बैंकभन्दा एभरेष्ट बैंकको बजार मूल्य धेरै छ। हाल लक्ष्मी बैंकको बजार मूल्य २२० रुपैयाँ र एभरेष्ट बैंकको ६१५ रुपैयाँ रहेको छ।