शेयर बजारमा डिजिटल केवाइसीको काम अन्तिम चरणमा, अन्य निकायले मागेमा उपलब्ध गराउने 

बिजमाण्डू
२०७६ बैशाख ५ गते १५:४२ | Apr 18, 2019
शेयर बजारमा डिजिटल केवाइसीको काम अन्तिम चरणमा, अन्य निकायले मागेमा उपलब्ध गराउने 

काठमाडौँ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले विकास गरिरहेको डिजिटल केवाइसीको काम अन्तिम चरणमा पुगेको छ। डिजिटल केवाइसीले कसरी काम गर्छ भन्ने डेमो आउँदो साता नेपाल धितोपत्र वोर्डमा देखाउने तयारी गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। डेमोपछि कार्यान्वनमा लैजने प्रकृया अघि बढाउने उनले बताए। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताले पटक/पटक केवाइसी भर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने भन्दै सिडिएससीले डिजिटल केवाइसी कार्यान्वयन ल्याउन लागेको हो। सिडिएससीले केवाइसीलाई सबैभन्दा पहिले हितग्रहि (डिम्याट) खाता खोल्ने लगानीकर्ताका लागि कार्यान्वनमा ल्याउने योजना बनाएको छ। 

पहिलो चरणमा सबै निक्षेप सदस्यको केवाइसीलाई अभौतिक गरेपछि यसैलाई दोस्रो बजारमा समेत कारोबार गर्न प्रयोग गरिने योजना सिडिएससीको छ। सिडिएससीको योजना अनुसार काम भए लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न छुट्टाछुट्टै केवाइसी भर्नु पर्ने बाध्यताको अन्त्य हुने छ। 

हाल नागरिकले फरक/फरक ठाउँमा फरक/फरक प्रयोजनका केवाइसी फारम भर्दै आएका छन्।   डिजिटल केवाइसीलाई क्रमिक रूपमा आवश्यक पर्ने निकायको माग अनुसार उपलब्ध गराउँदै लैजाने योजना सिडिएससीको छ।