बुद्ध एयरले थप्यो भारतमा अर्को उडान गन्तब्य, साउन १८ बाट काठमाडौं- गुवाहटीमा नियमित उडान

बिजमाण्डू
२०७६ बैशाख ५ गते १८:१५ | Apr 18, 2019
बुद्ध एयरले थप्यो भारतमा अर्को उडान गन्तब्य, साउन १८ बाट काठमाडौं- गुवाहटीमा नियमित उडान

काठमाडौं। बुद्ध एयरले भारतमा अर्को गन्तब्य थपेको छ। कम्पनीले साउन १८ गतेदेखि काठमाडौं-गुवाहटी उडान गर्ने भएको छ। काठमाडौं-गुवाहटी साताको दुईवटा उडान हुने छ। 

Tata
GBIME
Nepal Life

हरेक मंगलबार र शनिबार ७२ सिटे एटिआर विहानको सात बजे उडान गर्ने छ। कम्पनीले यसअघि साताको दुईवटा उडान काठमाडौं-वनारस गर्दै आएको छ। आउँदो जेठ १३ गतेदेखि साताको तीन वटा उडान काठमाडौं-कोलकत्ता गर्ने योजना बनाएको छ।

कम्पनीले काठमाडौं-गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया सुरु गरिसकेको बताएको छ। 

'हामीले सम्वन्धित निकायसँग समन्वयात्मक रुपमा प्रक्रिया अगाडि बढाइसकेका छौं। साउन १८ गते यो गन्तब्यमा उडान गर्ने हाम्रो उद्धेश्य हो। सबै निकायबाट अनुमति आएपछि यो गन्तब्यमा नियमीत उडान सुरु गर्नेछौँ' कम्पनीका एक कर्मचारीले भने।