एसइइ दिएर बसेका बिद्यार्थीलाई एनसेलको १ रुपैयाँमै सिम, सस्तोमा डाटा प्याक उपलब्ध हुने





काठमाडौं। एनसेल प्रालिले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ। पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ। 

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा उपलब्ध हुनेछ। 

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन्। सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ।

<
TATa
Swostik Collage
p> एसइइ सिममा १७.७० रुपैयाँमा दैनिक डाटा प्याक उपलब्ध हुनेछ। दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँभन्दा मथिको रिचार्ज गरेमा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त हुनेछ।

 

माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  शुन्य पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि कुराकानी गर्न सक्नेछन्।


Share this Story

   

एसइइ दिएर बसेका बिद्यार्थीलाई एनसेलको १ रुपैयाँमै सिम, सस्तोमा डाटा प्याक उपलब्ध हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.