चितवनमा ‘द फर्न रेजिडेन्सी’ सफ्ट लन्च, सिजीको चितवनमा विजनेश होटलको सफ्ट लन्च

बिजमाण्डू
२०७६ बैशाख ७ गते १८:०६ | Apr 20, 2019
चितवनमा ‘द फर्न रेजिडेन्सी’ सफ्ट लन्च, सिजीको चितवनमा विजनेश होटलको सफ्ट लन्च



काठमाडौं । काठमाडौंमा चारतारे होटल ताज भिभान्ता संचालनमा ल्याएको सिजी समूहले एकै वर्ष चितवनमा मल्टिप्लेक्स सहितको बिजनेश होटलको 'सफ्ट लन्च' गरेको छ ।

Tata
GBIME
Nepal Life

१० तल्ले होटलको भवनमा सपिङ्ग कम्प्लेक्स, फुडकोर्ट ,सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सी सहितको सुविधा एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले 'द फर्न रेजिडेन्सी' ब्राण्डमा होटल सहितको बहुपयोगी संरचना संचालनमा ल्याईएको हो। भरतपुरमा अवस्थित यो बहुतल्ले भवनको छैठौं तल्लादेखि होटल शुरु छ । तराईका जिल्लाहरुको होटलमा प्रायः भुइँ तल्लामै स्वीमिङ पुल देखिने गरेकोमा यो भवनको छैठौं तल्लामा स्वीमिङ पुल निर्माण गरिएको छ।

सिजीले ललितपुरको ताज भिभान्ता होटलमा समेत रुफटप स्वीमिङ पुल निर्माण गरेको छ।खुल्ला र फराकिलो क्षेत्रमा निर्मित स्वीमिङ्ग पुलको वरपर आराम गर्दै भरतपुर शहर र आसपासको चुरे पहाडको श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । होटलमा ४८ वटा कोठा छन् । व्यवसायिक सभा सम्मेलनको आयोजना सम्मेलन कक्षसहित २ हजार ४ सय वर्गफिट क्षेत्रफल उपलब्ध छ।

भरतपुर विमानस्थलबाट जम्मा १ दशमलव २ किलोमिटर दुरीमा अवस्थित होटल 'चितवन किम्यान' खरिद गरेर त्यहीको जग्गामा सिजीले नयाँ संरचना निर्माण गरेको हो । यो समूहले 'द फर्न रेजिडेन्सी' ब्राण्डमा यसअघि सोल्टीमोडमा बिजनेश होटल संचालनमा ल्याइसकेको छ ।चितवनकै मेघौलीमा ताज मेघौली सेराई लक्जरी होटल संचालन गरेको सिजी समूहले गत जनवरीदेखि ताज समूहसँगको साझेदारीमै ललितपुरको झम्सिखेलमा 'ताज भिभान्ता' बिजनेश होटल संचालनमा ल्याएको थियो ।

चितवन र आसपासको क्षेत्रमा जंगल सफारी र व्यवसायिक प्रयोजनको लागी घुमघाम गर्न आउने पर्यटक लाई लक्षित गर्दै सिजीले नवलपरासीको हर्कपुरमा आयुर्वेदिक वेलनेश सेन्टर समेत संचालनमा ल्याइसकेको छ ।