सिजी इन्डस्ट्रियल पार्कको शास्वतधाम पुगेर प्रधानमन्त्री ओलीले गरे विनोद चौधरीको प्रशंशा

बिजमाण्डू
२०७६ बैशाख ८ गते ०८:०७ | Apr 21, 2019


नवलपरासी। प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाम पुगेर उद्योगी विनोद चौधरीको प्रशंशा गरेका छन्।

Tata
GBIME
Nepal Life

शनिबार हेलिकोप्टरमा गएका प्रधानमन्त्री ओलीले औद्योगिकरण, समाजसेवा र धार्मिक कार्यमा समेत प्रशंसनीय काम गरेर उद्यमी चौधरीले सफलताको उदाहरण प्रस्तुत गरेको बताए। शाश्वत धामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको उनले बताए।शास्वतधाम नेपालकै गहना भएको र यसले धार्मिक पर्यटन र सामाजिक एकता तथा धार्मिक सहिष्णुता कायम राख्न उच्च योगदान भन्दै उनले प्रशंशा गरे।ओलीले शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा विशेष पुजा गरेका थिए।

प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृत्रिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरे।उनले कृत्रिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई केन्द्रबाट ठूलो राहत पुग्ने आशा पनि व्यक्त गरे। मानवीय सेवामा चौधरी ग्रुपको योगदान प्रशंसायोग्य भएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक काममा अझै धेरे काम गर्न पनि ग्रुपलाई प्रोत्साहित गरे।

फाउण्डेसनले यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविरको आयोजना गरि ५०८ जनालाई कृत्रिम हातखुट्टा जडान गरिदिएको थियो । मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवश्यक रहेकाले स्थाई केन्द्रमार्फत् सेवा दिन लागिएको फाउण्डेसनका अध्यक्ष चौधरीले बताए। फाउण्डेशनले बिभिन्न कारणले हातखुट्टा गुमाएका ब्यक्तीलाई निशुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिदै आएको छ ।