माछापुच्छ्रे र सिटिजन्स बैंकको नाफामा उल्लेख्य सुधार, ऋण बिस्तारमा दुबै बैंक आक्रामक देखिए 

बिजमाण्डू
२०७६ बैशाख ८ गते १०:१५ | Apr 21, 2019
माछापुच्छ्रे र सिटिजन्स बैंकको नाफामा उल्लेख्य सुधार, ऋण बिस्तारमा दुबै बैंक आक्रामक देखिए 

काठमाडौं। माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले चालु आर्थिक बर्षको ९ महिनामा नाफामा राम्रो सुधार गरेका छन्।

Tata
GBIME
Nepal Life

माछापुच्छ्रेले नौं महिनामा ४२.१५ प्रतिशतले बढाएर एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ। सिटिजन्सको ३५ प्रतिशतले सुधार गरेर नाफा एक अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ।

माछापुच्छ्रे बैंकले व्याज खर्चको तुलनामा व्याज आम्दानी सुधार गर्दा खुद व्याज आम्दानी समेत ४१.०१ प्रतिशतले बृद्धि गरेको छ। बैंकले खुद व्याज आम्दानी दुई अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको हो। बैंक निक्षेप संकलनभन्दा कर्जा विस्तारमा आक्रामक देखिएको छ। बैंकले निक्षेप संकलन १८ प्रतिशतले सुधार गर्दा कर्जा विस्तार भने २२.९६ प्रतिशतले गरेको छ। 

बैंकले चैत्र मसान्तसम्ममा ८१ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ। कर्जा विस्तारसँगै बैंकको पूँजी कोष अनुपात ३.०९ प्रतिशत विन्दुले घटेर १२.६३ प्रतिशत कायम भएको छ।  

खराव कर्जा भने ०.१३ प्रतिशत विन्दुले बढेर ०.४८ प्रतिशत पुगेको छ। नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर २० रुपैयाँ कायम भएको छ। गत वर्ष जम्मा १४ रुपैयाँ मात्रै थियो। आधार व्याजदर पनि ०.५८ प्रतिशतले घटेर १०.५२ प्रतिशतमा झरेको छ। 

३५ प्रतिशतले नाफा बढाएको सिटिजन्सले व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार गरेर खुद व्याज आम्दानी ३६.९८ प्रतिशतले बढाएको हो। चैत्रसम्ममा खुद व्याज आम्दानी दुई अर्ब ८ करोड रुपैयाँ आर्जन भएको छ। 

सिटिजन्सको पनि निक्षेप संकलनभन्दा कर्जा विस्तारको अनुपात धेरै रहेको छ। बैंकको निक्षेप संकलन १८ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार भने २२ प्रतिशतले बढेको छ। ९ महिनाको अवधिमा बैंकले ६५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

कर्जा विस्तारसँगै पूँजी कोष अनुपात २.१४ प्रतिशतले खुम्चिएको छ। खराव कर्जा थप ०.१२ प्रतिशतले बढेर १.५८ प्रतिशत पुगेको छ। आधार व्याजदर ०.५७ प्रतिशत विन्दुले घटेर १०.५८ प्रति कायम भएको छ। नाफामा सुधार आएसँगै चुक्ता पूँजी बृद्धिपछि बैंकको प्रति शेयर आम्दानी ३.९८ रुपैयाँले बढेर १७ रुपैयाँ पुगेको छ। 

विवरण (रु. ०००)

माछापुच्छ्रे बैंक

बृद्धि (%)

२०७५ चैत्र

२०७४ चैत्र

नाफा

1,240,818.33

872,896.00

42.15

व्याज आम्दानी

7,425,535.93

5,456,942.00

36.08

व्याज खर्च

4,823,839.08

3,611,913.00

33.55

खुद व्याज आम्दानी

2,601,696.86

1,845,029.00

41.01

निक्षेप संकलन

81,163,160.63

68,432,578.00

18.60

ऋण लगानी

77,305,168.23

62,870,497.00

22.96

चुक्ता पूँजी

8,055,693.00

8,055,693.00

0.00

जगेडा कोष

2,731,914.86

2,377,089.00

14.93

पूँजी कोष अनुपात

12.63%

15.72%

 

खराव कर्जा

0.48%

0.35%

 

प्रति शेयर आम्दानी

20.54

14.45

6.09

आधार व्याजदर

10.52%

11.10%

-0.58%

       

विवरण (रु. ०००)

सिटिजन बैंक

बृद्धि (%)

२०७५ चैत्र

२०७४ चैत्र

नाफा

1,069,601.72

786,741.00

35.95

व्याज आम्दानी

6,333,532.96

5,027,690.00

25.97

व्याज खर्च

4,246,288.33

3,503,928.00

21.19

खुद व्याज आम्दानी

2,087,244.64

1,523,762.00

36.98

निक्षेप संकलन

65,920,924.53

60,256,518.00

9.40

ऋण लगानी

62,690,174.39

56,021,184.00

11.90

चुक्ता पूँजी

8,371,064.77

8,033,236.00

4.21

जगेडा कोष

3,669,657.45

4,178,024.00

-12.17

पूँजी कोष अनुपात

13.41%

15.55%

 

खराव कर्जा

1.58%

1.46%

 

आधार व्याजदर

10.58%

11.15%

 

प्रति शेयर आम्दानी

17.04

13.06

3.98