बालुवाटारको जग्गा ब्यक्तिको नाममा ल्याएका ढकालले छाडे कुमारी बैंक, अजय युनाइटेडको सिइओ

बिजमाण्डू
२०७६ बैशाख ८ गते १२:०४ | Apr 21, 2019
बालुवाटारको जग्गा ब्यक्तिको नाममा ल्याएका ढकालले छाडे कुमारी बैंक, अजय युनाइटेडको सिइओ

काठमाडौं। सरकारी जग्गा ब्यक्तिका नाममा सार्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका डा. शोभाकान्त ढकालले कुमारी बैंकबाट राजिनामा गरेका छन्।

Tata
GBIME
Nepal Life

ढकाल कुमारी बैंकको सञ्चालक समिति सदस्य हुन्। उनले त्याहाँ सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका थिए। वालुवाटारको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको आरोप उनीमाथि छ।

ढकाल बैंकमा बसिरहँदा बैंकको छवी धमिलिने भन्दै उनको राजिनामा माग गरिएको थियो। सहमतिमै राजिनामा बुझाएको बैंक स्रोतले बतायो। बालुवाटारको जग्गा नेकपाका महासचिव विष्णु पौडेललाई किनाउनेमा ढकालको नाम आएको छ।  

यता युनाइटेड फाइनान्स लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा अजय मिश्रलाई नियुक्त गरेको छ। जनता बैंकको डेपुटी प्रमुख कार्यकारी रहेका मिश्रले स्वेच्छिक अवकाश लिएर बाहिरिएपछि युनाइटेडको 'फर्स्टम्यान' को जिम्मेवारी पाएका हुन्।

यसअघि युनाइटेडमा सुनन्दबहादुर श्रेष्ठ प्रमुख कार्यकारी थिए। मिश्र आउने भएपछि उनले राजिनामा गरेका हुन्। सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी रहेका मिश्र जनता बैंकसँग मर्जरसँगै डेपुटी प्रमुख कार्यकारीमा खुम्चिएका थिए।

उनले प्रुडेन्सियल फाइनान्समा पनि प्रमुख कार्यकारी भएका थिए। त्यो फाइनान्स एनएमबी बैंकसँग मर्ज भएपछि उनी बाहिरिएका थिए।