नेपाल बैंकको ‘एफपिओ आपूर्ति’ रोकिएपछि बजार मूल्य बढ्न थाल्यो, २१ बर्षपछि लाभांस वितरण होला?

बिजमाण्डू
२०७६ बैशाख ८ गते १५:०३ | Apr 21, 2019
नेपाल बैंकको ‘एफपिओ आपूर्ति’ रोकिएपछि बजार मूल्य बढ्न थाल्यो, २१ बर्षपछि लाभांस वितरण होला?

काठमाडौं। अन्डरराइटरले नेपाल बैंकको सबै एफपिओ बिक्री गरेर सिध्याएपछि आइतबारबाट नेपाल बैंकको शेयर मूल्यमा बृद्धि देखिन थालेको छ। यसअघि ठूलो संख्यामा बैंकको शेयर बजारमा आउँदा मूल्य बढ्न सकिरहेको थिएन। 

Tata
GBIME
Nepal Life

आइतबार एकै दिन बैंकको बजार मूल्य १४ करोड ८० लाख रुपैयाँले बढेको छ। 

नेपाल बैंक निष्सकासन गरेको एफपिओ बिक्री नुहँदा अण्डर राइटरहरुले म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताहरुलाई सब अण्डर राइटर बनाएर बेचेका थिए। नियम अनुसार सब अण्डर राइटर राख्न नमिल्ने भन्दै नेपाल धितोपत्र बोर्डले अण्डर राइटरमार्फत मात्रै सकार्न निर्देशन दिएको थियो। 

अण्डर राइटरहरुले अगाडि नै आफुखुसी शेयर बिक्री गरिसकेका थिए। बोर्डको निर्देशनपछि आफैले शेयर सकार्नु परेकाले दोस्रो बजारबाट उनीहरुले सब अण्डर राइटरको शेयर पुन: उठाएका थिए। यसले गर्दा दोस्रो बजारमा बैंकको शेयर बढ्न सकेको थिएन। 

अहिलेले त्यस्तो खरीद बिक्री सकिएको छ। यसले गर्दा दोस्रो बजारमा बैंकको ठूलो संख्याको शेयर आपूर्ती रोकिएको छ। आपूर्ति रोकिएकाले मूल्य बढ्न सहयोग पुगेको हो।

बैंकले चालु वर्ष नाफाबाट लाभांस दिने अनौपचारिक घोषणासमेत गरेको थियो। राष्ट्र बैंकले कर्मचारीको दायित्वलाई निश्चित कोष बनाएर सुरक्षित गर्ने निर्देशन दिँदा लाभांस घोषणा गर्न सकेको थिएन। बैंकको २१ वर्षदेखि लाभांस दिन सकेको छैन। 

एफपिओबाट प्राप्त भएको प्रिमियमले बलियो जगेडा बनाएको बैंकले अगामी बर्ष लाभांस दिन सक्ने अनुमान गर्दै दोस्रो बजारमा आकर्षण देखिएको हो। समग्र शेयर बजार नै बढ्ने आँकलन गरिएसँगै बैंकको शेयरमा लगानीकर्ता आकर्षित भएको एक ब्रोकरले बताए। 

अबको साढे तीन महिनाभित्र बैंकले चालु आर्थिक बर्षको नाफा सार्वजनिक गर्नेछ। बैंकको जगेडा कोषमा १९ अर्ब रुपैयाँभन्दा बढि रकम जम्मा छ। चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ। सरकारले आफ्नो स्वामित्व घटाउन एफपिओ निष्काशन गरेको थियो। एफिओ निष्काशनसँगै बैंकको चुक्ता पूँजी र जगेडा कोषमा उल्लेख्य सुधार आएको हो।