पेमेन्ट गेटवे इसेवाको रिफर एण्ड अर्न अफर, इसेवा चलाउन सिकाए ३० रुपैयाँ बोनश पाउने

बिजमाण्डू
२०७६ बैशाख १० गते १६:३२ | Apr 23, 2019
पेमेन्ट गेटवे इसेवाको रिफर एण्ड अर्न अफर, इसेवा चलाउन सिकाए ३० रुपैयाँ बोनश पाउने


काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर ल्याएको छ। कम्पनीले नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत कम्पनीले यो अफर सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक ३० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिन्छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए।

उनले भने‘ डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ।’

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।