चितवनमा सुरु भयो उच्च गतिको डाटा र भ्वाइस प्याक, एफटिटिएच सेवा पनि शुभारम्भ

बिजमाण्डू
२०७६ जेठ १ गते १०:२१ | May 15, 2019
चितवनमा सुरु भयो उच्च गतिको डाटा र भ्वाइस प्याक, एफटिटिएच सेवा पनि शुभारम्भ

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले मंगलबार चितवनमा उच्च गतिको डाटा र भ्वाइस प्याक सुरु गरेको छ।

टेलिकमको उच्च गतिको डाटा र भ्वाइस प्याकसँगै एफटिटिएच(फाइबर टु द होम)को संचार, सुचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले उद्घाटन गरे। टेलिकमका अनुसार मन्त्री बाँस्कोटाले एफटिटिएच सेवामार्फत रत्ननगरका मेयर नारायण वनलाई टेलिफोन कल गरी यो सेवा उद्घाटन गरे।

'यो वर्ष धेरै आयोजनाहरु कार्यन्वयनको क्रममा रहेका कारण टेलिकमका लागि समृद्धि वर्ष हुनेछ।सरकारको डिजिटल नेपाल लक्ष्यलाई साकार बनाउन कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै कम नाफा हुने स्थानमा पनि सेवा सुविधा उपलब्ध गराउनैपर्छ।' बाँस्कोटाले कार्यक्रममा भने। कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक लगायत क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गर्दै आएको बताए।

कम्पनीका अनुसार हाल सौराहामा जडित एफटिटिएचको क्षमता एक हजार २४ लाइनको रहेको छ भने निकट भविष्यमा यसको थप विस्तार गरिनेछ।सौराहा, भरतपुर, नारायणगढ, बछ्यौंली, टाँडी लगायत विभिन्न क्षेत्रका वडाहरुमा यो सेवा लिन सकिने टेलिकमले जनाएको छ।