हुण्डाइको ‘भेनु’ सार्वजनिक, नेपालमा बजेटपछि, ३५ लाख सुरुवाती मूल्य, यस्ता छन् बिशेषता

बिजमाण्डू
२०७६ जेठ ८ गते ०९:१९ | May 22, 2019
हुण्डाइको ‘भेनु’ सार्वजनिक, नेपालमा बजेटपछि, ३५ लाख सुरुवाती मूल्य, यस्ता छन् बिशेषता

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरियन गाडी कम्पनी हुण्डाइले मंगलबार भारतमा आफ्नो नयाँ एसयुभि 'भेनु' सार्वजनिक गरेको छ। 

कम्प्याक्ट एसयुभी (स्पोर्ट युटिलीटी भेहिकल) सेगमेन्टको गाडीमा 'ब्लु लिङ्क' कनेक्टिभिटी सोलुसन रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडीमा ३३ वटा विशेषता रहेका छन्। 

१३ वटा भेरियन्टमा भेन्यु उपलब्ध हुने छ। यसमा डिजेल र पेट्रोल दुबै उपलब्ध छ। नेपालमा भने बजेट लगत्तै गाडी आउने छ।

भारतमा निर्मित गाडीमा जडान गरिएको डबल क्लच ट्रान्समिसन प्रविधि सहित अटोमेटिक गियरबक्स छ। कम्पनीले पहिलोपटक सातवटा स्पिड गियर जडान गरेको जनाएको छ। 

स्टार डस्ट, फियरी रेड, पोलार व्हाइट, टाइफुन सिल्भर, डिप फरेस्ट, लाभा ओरेन्ज र डेनिम लगायत सातवटा विभीन्न रंगमा गाडी उपलब्ध छ। गाडीको एसएक्स सेग्मेन्टमा निलो र सेतो, ओरेन्ज र ब्ल्याक, कालो र सेतो रंगका रुफयुक्त गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।  

चालक र यात्रुले गाडीमा रहेको 'फाइन्ड माइ कार फङ्सन' मार्फत रिमोटकै भरमा स्टार्ट स्टप, क्लाइमेट कन्ट्रोल, डोर लक अनलक गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भिया एपमार्फत गाडीमा लाइभ कार ट्र्याकिङ सिस्टम र स्पिड अलर्ट चेक गर्न सकिनेछ। 

गाडीमा प्रोजेक्टर एलइडी डिआरएल (डे टाइम रनीङ लाइट) हेड ल्याम्प, इलेक्ट्रिक सन रुफ, आठ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस मोवाइल चार्जिङ, एयर प्युरिफायर, रियर एसी सहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल, छ वटा एयरब्याग, इबिडी सहितको (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन) एन्टिलकीङ ब्रेकिङ सिस्टम, हिल लन्च असिस्ट, रियर पार्किङ सेन्सर र क्यामरा लगायत विशेषता रहेको कम्पनीले जनाएको छ। 

नेपालमा यसको सुरुवाती मूल्य ३५ लाख रुपैयाँ रहेको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टका अन्जन श्रेष्ठले जानकारी दिए। फूल अप्सनको ५० लाख रुपैयाँसम्म पर्छ।