तिनाउ र मिसनसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसियो, राष्ट्रियस्तरको बन्ने




काठमाडौं। तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिने चरणमा रहेका बेला अर्को एउटा वित्तीय संस्था पनि मिसिने भएको छ। 

तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिई बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्ने प्रकृयामा रहेका बेला नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको हो। 

Sipradee

प्राप्तिका लागि तीन संस्थाबीच मंगलबार सम्झौता भएको छ। समझदारी पत्रमा तिनाउका अध्यक्ष राजेन्द्रप्रसाद वझा, मिसनका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटीका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका छन्। 

राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडि बढेको बताइएको छ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख , निक्षेप १३ अर्व ७७ करोड र ऋण, १२ अर्व २३ करोड पुग्ने छ। शाखा संख्या ६० वटा पुग्नेछन्।


Share this Story

   

तिनाउ र मिसनसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसियो, राष्ट्रियस्तरको बन्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.