कर्णाली प्रदेशमै इम्पेरियलको पहिलो ब्रोकर कार्यालय, शेयर बजार बारे अन्तरकृया पनि

बिजमाण्डू
२०७६ जेठ १० गते १०:४७ | May 24, 2019
कर्णाली प्रदेशमै इम्पेरियलको पहिलो ब्रोकर कार्यालय, शेयर बजार बारे अन्तरकृया पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर किनबेच गर्ने कम्पनि इम्पेरियल सेक्युरिटिजले कर्णाली प्रदेशमै पहिलो शाखा कार्यालय उद्घाटन गरेको छ। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले संयुक्त रुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्। 

ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिजले कार्यालय उद्घाटन गरेसँगै दोस्रो बजार सातै प्रदेशमा पुगेको अध्यक्ष कार्कीले बताए। शाखा कार्यलय उद्घाटनसँगै प्रदेश नम्बर ६ का आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा धितोपत्र बजार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको छ।

अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष कार्कीले नेपालको धितोपत्र बजारको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन्। कार्यक्रममा दोस्रो बजार तथा अनलाइन प्रणालीका बारेमा जानकारी दिइएको छ। 

इम्पेरियले यस अगाडि नेपालगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो। आज उद्घाटन भएको शाखा कार्यलय सहित तीन स्थानबाट ब्रोकरको सेवा प्रदान गर्ने इम्पेरियलका प्रवन्धक निर्देशक भक्तिराम घिमिरेले जानकारी दिए।