हिमालयन डिस्ट्रिलरीको अन्तरिम बम्पर लाभांस, लाभांसको आशामा यस्तो थियो एक वर्षदेखिको शेयर बजार

बिजमाण्डू
२०७६ जेठ १२ गते ११:०४ | May 26, 2019
हिमालयन डिस्ट्रिलरीको अन्तरिम बम्पर लाभांस, लाभांसको आशामा यस्तो थियो एक वर्षदेखिको शेयर बजार


Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालयन डिस्ट्रिलरीले संञ्चित नाफामा रहेको रकमबाट ६८.४२ प्रतिशत अन्तरिम लाभांस दिने घोषणा गरेको छ। जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले यो  लाभांस प्राप्त गर्न सक्ने छन्।

कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ मा आर्जन गर्ने नाफा सहित अन्तरिम रुपमै नगद लाभांस घोषणा गरेको हो। यदि कम्पनीले चालु आर्थिक वर्षमा उल्लेख्य नाफा गरेमा यो लाभांस बढ्नेछ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अवधिमा कम्पनीको जगेडा कोषमा ६५ करोड ६९ लाख रुपैयाँ संञ्चित रहेको छ। यसै कोषबाट कम्पनीले लाभांस दिने घोषणा गरेको हो। आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो कोष थप बढ्नेछ।

कम्पनीको हालको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ। यसै पूँजीका आधारमा कम्पनीले घोषणा गरेको अन्तरिम लाभांस अनुसार आफ्ना शेयरधनीहरुलाई २६ करोड ३८ लाख रुपैयाँ नगद दिनेछ।

कम्पनीले अहिलेसम्मकै बम्पर बोनसको घोषणा गरेको हो। यस अगाडिका वर्षमा कम्पनीले वार्षिक १० देखि २१ प्रतिशतबीचमा लाभांस दिदै आएको थियो।गएको वर्षदेखि कम्पनीले राम्रो मुनाफा आर्जन गर्दै आएको थियो।

कम्पनीको वित्तीय विवरण चार वर्ष अगाडिसम्म प्राय नोक्सानमा देखिने गरेको थियो। सञ्चित मुनाफा पनि नोक्सानमा देखिने गरेको थियो। चार वर्षदेखि लगातार नाफामा देखिन थाले सँगै कम्पनीको सञ्चित मुनाफा पनि बढ्न थालेको हो। कम्पनीले अहिले घोषणा गरेको लाभांसपछि पनि सञ्चित मुनाफा २६ करोड ९३ लाख रुपैयाँ बाँकी रहनेछ।

नाफामा सुधारसँगै दोस्रो बजारमा उछाल

नौ वर्षको अवधिमा कम्पनीको शेयर मूल्य प्रतिशेयर आम्दानी ऋणात्मक हुँदा १४२ रुपैयाँसम्म तल झरेको छ भने शेयर बजारले अधिकतम सूचक चुम्दै गर्दा २०५० रुपैयाँसम्म पुगेको छ। शेयर बजार विस्तारै ओरालो लाग्दै गर्दा कम्पनीको नाफामा सुधार देखिन थालेको थियो।

शेयर बजार लगातार गिरावट हुँदै गर्दा अधिकांश कम्पनीको बजार आधार मूल्यकै हाराहारीमा आउँदा हिमालयन डिस्ट्रिलरीको भने बजार मूल्य भने घटेको थिएन। बैंक तथा वित्तीय संस्था पछि शेयर बजारमा उत्पादनमूलक कम्पनीको शेयरमा आकर्षण देखिएको छ। दुई वर्षको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट ११३ रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानीमा भएको उल्लेख्य प्रगतिसँगै दोस्रो बजारमा गत वैशाख २६ गते १९५५ रुपैयाँसम्म पुगेको थियो। कम्पनीको प्रतिशेयर आम्दानी तथा सञ्चित मुनाफामा सुधार हुँदै गर्दा लगानीकर्ताहरुले कम्पनीले बम्पर बोनस दिने अनुमान गरिसकेका थिए। यसको परिणामा दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा केहि दिन बढ्दो क्रममा सर्किट नै लागेको थियो।

आर्थिक वर्ष

प्रतिशेयर आम्दानी

संचित मूनाफा(०००)

बजार मूल्य

लाभांस(%)

२०७५/७६ चैत

113.11

654,964.35

 

 

२०७४/७५

78.81

473,585.87

1,351

21.05

२०७३/७४

10.09

260,084.60

2050

21.05

२०७२/७३

68.89

159,520.78

684

20

२०७१/२०७२

21.92

-78,265.34

772

20

२०७०/६९

44.27

-50,737.41

239

10

२०६९/६८

13.59

-153,777.39

100

0

२०६८/६७

25.06

-195,759.02

100

0