सूचकमा गिरावट आउँदा शेयर कारोबार रकम ६२ करोडमा सिमित, ११९ वटा कम्पनीको मूल्य घट्यो

बिजमाण्डू
२०७६ जेठ १२ गते १५:४६ | May 26, 2019


काठमाडौं। कारोबार सुरु भएको २२ मिनेटदेखि लगातार शेयर बजार घट्दा आइतबार नेप्से सूचक ११.९३ अंकले गिरावट आएको छ। बजेटको पूर्वसन्ध्यामै शेयर बजार ११ अंकले घट्नुलाई लगानीकर्ताहरुले अर्थपूर्ण रुपमा हेरेका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार मात्रै हिमालय डिस्ट्रिलरीले ६८.४२ प्रतिशत अन्तरिम लाभांश घोषणा गरेको थियो। कारोबार सुरु भएको ५ मिनेटमा बढ्ने क्रममा सर्किट लागेको थियो।

तर २२ मिनेटपछि शेयर बजार घट्न थालेसँगै लाभांश घोषणा गरेको कम्पनीको समेत बजार मूल्यमा गिरावट आउन थालेको थियो। हिमालयन डिस्ट्रिलरीको मात्रै ७.९० प्रतिशत अर्थात प्रतिकित्ता १४३ रुपैयाँले घटेको छ।

बिहीबारको जस्तै आजपनि जलविद्युत क्षेत्रका कम्पनीको बजार मूल्यमा भारि गिरावट आएको छ। जलिविद्युत क्षेत्रको सूचक २.४ प्रतिशतले घटेको छ। सबैभन्दा धेरे जोशी हाइड्रोपावरको घट्ने क्रममा सर्किट नै लागेको छ। दोस्रो धेरै घट्नेमा हिमालयन डिस्ट्रिलरी रहेको छ।

सूचकमा गिरावट आएसँगै गत साता औसतमा दैनिक एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुँदै आएकोमा आइतबार ६२ करोड ६२ लाख रुपैयाँमा खुम्चिएको छ। पछिल्लो समय शेयर बजारमा धेरै अंकले बढ्ने थोरै अंकले घट्ने ट्रण्ड चल्दै आएकोमा आइतबार ११ अंकले घटेको छ।

कारोबार सुरु भएको केहि समय कारोबार राम्रै भएता पनि १२ वजेपस्चात पनि बजार सुधार नहुँदा एक बजेदेखि लगानीकर्ताको सहभागिता नै घटेको थियो।

यस्तो अवस्थामा नाफा बुक गर्नेले बेच्न खोजे पनि अधिकाम्स लगानीकर्ता होल्डमा बस्दा कारोबार रकम साविकका दिनमा जस्तो नभएको हो।

जम्मा १६५ वटा कम्पनीको कारोबार भएकोमा २७ वटा कम्पनीको बजार मूल्य मात्रै उकालो लागेको छ भने ११९ वटा कम्पनीको घटेको छ।

सबैभन्दा धेरै कारोबार हुनेमा भने नेपाल बैंक र शिवम सिमेन्टले नै निरन्तरता पाएका छन्। नेपाल बैंकको चार करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ भने शिवम सिमेन्टको चार करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ।