अपर तामाकोशीले डाक्यो साधारणसभा, सर्वसाधारण समुहबाट चार सञ्चालकमा चयन गरिने 

बिजमाण्डू
२०७६ जेठ १३ गते १०:१६ | May 27, 2019
अपर तामाकोशीले डाक्यो साधारणसभा, सर्वसाधारण समुहबाट चार सञ्चालकमा चयन गरिने 


Tata
GBIME
Nepal Life

काडमाडौं। अपर तामाकोशीले असार ११ गते ११औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको २०४औं सञ्चालक समितिको बैठकले सर्वसाधारण समुहबाट चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सहित साधारणसभाको मिति तय गरेको हो। 

कम्पनीले गत वर्ष सर्वसाधारण समुह तर्फको शेयर निष्काशन गरेको थियो। विभिन्न चरणको शेयर निष्काशन सम्पन्न भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ। 

लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालु आर्थिक वर्ष २०७५/७६ को लागि लेखपरीक्षक नियुक्त गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका विभिन्न सामाजिक संस्थाहरुलाई प्रदान गरिएको आर्थिक सहियोग बापतको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जेठ २० गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउने छन्।