नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिन लागेको जेविल्स फाइनान्सले पायो प्रति शेयर ३३ रुपैयाँ मूल्य

बिजमाण्डू
२०७६ जेठ १३ गते १२:०४ | May 27, 2019
नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिन लागेको जेविल्स फाइनान्सले पायो प्रति शेयर ३३ रुपैयाँ मूल्य

Tata
GBIME
Nepal Life

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्न लागेको जेविल्स फाइनान्स प्रति शेयर मूल्य तय भएको छ। संयुक्त मर्जर समितिले शेयर आदनप्रदान अनुपात तय गरेको हो।

इन्भेष्टमेन्ट बैंकले फाइनान्सलाई प्रति शेयर मूल्य ३३ रुपैयाँ दिने भएको छ। आइतबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले गरेको सिफारिसलाई अनुमोदन गरेकोछ । 
 
जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। पूँजी वृद्धि अनुसार शाखा विस्तार गर्न नसकेको जेविल्सले इन्भेष्टमेन्ट बैंकसँग गाभिने निर्णय गरेको थियो। गाभिने सम्झौतासँगै दोस्रो बजारमा जेविल्स फाइनान्सको कारोबार रोक्का रहेको छ।