इन्फिनिटी लघुवित्तको आइपिओ खुलेको केही घण्टामै सबै बिक्री, अब १० कित्ता मात्र भरे पुग्ने

बिजमाण्डू
२०७६ जेठ १३ गते १३:२४ | May 27, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयर खुलेको केही घण्टामै सबै बिक्री भएको छ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार दिउसो पौने एक बजे भित्रै सबै शेयर बिक्री भएको हो।

पौने एक बजेसम्ममा २८ हजार एक सय आवेदकले ६ लाख चालिस हजार कित्ताको लागि आवेदन गरिसकेका छन्। संस्थाले सोमबार बिहान १० बजेदेखि साधारण शेयर खुला गरेको हो।  

संस्थाले आजदेखि सर्वसाधारणको १०० रुपैयाँ अंकित दरका ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो। 

यसमा ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरूको लागि छुट्ट्याएर बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लगि निष्कासन गरेको हो।

आज निष्कासन भएको सबै शेयर बिक्री भएको बिक्री प्रबन्धकको जनाएको छ। संस्थाले माग गरे बमोजिम सबै शेयर बिक्री भइसकेकोले अब सर्वसाधारणले १० कित्ताकोलागि मात्रै आवेदन दिए पुग्ने देखिएको छ।

नियम अनुसार संस्थाको शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्छन्।

पहिलो चरणमा सर्वसाधारणले जेठ १६ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक जनाएको छ।