लगानी प्रतिस्पर्धामा प्रदेश ३ ले सबैलाई उछिन्यो, सबैभन्दा बढी उद्योग दर्ता, कर्णालीमा कम

बिजमाण्डू
२०७६ जेठ १३ गते १४:३८ | May 27, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उद्योग प्रदेश ३मा रहेको पाइएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा फागुनसम्म दर्ता भएका उद्योगमध्ये प्रदेश नम्बर ३मा दुई तिहाई छ।

सर्वेक्षणका अनुसार सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा छ।प्रदेश ३मा पाँच हजार २ सय ९८ उद्योग दर्ता भएको छ भने कर्णालीमा सबैभन्दा कम ३९ मात्रै छ। उद्योगको लगानीका आधारमा सबैभन्दा बढी लगानी प्रदेश ३ मा भएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा भएको सर्वेक्षणमा उल्लेख छ।

उत्पादनमूलक उद्योग,कृषि तथा वनजन्य उद्योग,सेवामूलक उद्योग,उर्जामूलक उद्योग,पर्यटन र निर्माण उद्योगमा पनि प्रदेश ३मै सबैभन्दा बढी दर्ता भएका छन्।खनिज उद्योगको संख्या प्रदेश ५मा सबैभन्दा बढी छ। सूचना,प्रसारण तथा संचार प्रविधिमा आधारित उद्योग कर्णाली र सुदूरपश्चिममा दर्ता भएका छैनन्।

सर्वेक्षणका अनुसार फागुनसम्म दर्ता भएका उद्योगमध्ये संख्याको आधारमा उत्पादनमूलक उद्योगको हिस्सा ३७ दशमलब ९ प्रतिशत छ। सेवामूलक उद्योगको २७ दशमलब ८ र पर्यटन उद्योगको अंश २१ दशमलब ८ प्रतिशत रहेको छ।