संस्थानमा चार खर्ब लगानी गर्दा नाफा जम्मा साढे ४३ अर्ब रुपैयाँ, अझै ११ संस्थान घाटामा

बिजमाण्डू
२०७६ जेठ १३ गते १४:३९ | May 27, 2019
संस्थानमा चार खर्ब लगानी गर्दा नाफा जम्मा साढे ४३ अर्ब रुपैयाँ, अझै ११ संस्थान घाटामा

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारका ३९ मध्ये २६ संस्थानहरु मात्र नाफामा रहेको देखिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार २६ वटा मात्रै नाफामा रहेको देखिउको छ।

सरकारका ३९ वटा संस्थानमध्ये २ वटा बन्द छन्। सञ्चालनमा रहेका ३७ मध्ये २६ वटा नाफामा रहेको हो।

सरकारले संस्थानहरुबाट ९४ अर्ब ७ करोड राजश्न संकलन गरेको छ। यसले कुल राजश्वमा १२.९ प्रतशित हिस्सा ओगट्छ। गत बर्ष पनि २६ वटा संस्थान मात्र नाफामा थिए।

संस्थानहरुको कुल सञ्चालन आय २१ प्रतिशतले बढे ३ खर्ब ९० अर्ब ८२ करोड पुगेको छ। यसैगरी संस्थानहरुको खुद नाफा ४३ अर्ब ४५ करोड रुपैयाँ छ। ११ वटा संस्थानको घाटा ६४ करोड छ।

संस्थानहरुमा सरकारी शेयर २ खर्ब ३७ करोड रुपैयाँको छ भने ऋण लगानी १ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ छ।