बर्ष दिनमै २६६६ जना ऋणी कालोसूचीबाट हटे, सहकारीमा बर्ष दिनमै २३ अर्ब ऋण बढ्यो

बिजमाण्डू
२०७६ जेठ १३ गते १४:५३ | May 27, 2019
बर्ष दिनमै २६६६ जना ऋणी कालोसूचीबाट हटे, सहकारीमा बर्ष दिनमै २३ अर्ब ऋण बढ्यो


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात बढिरहँदा ऋण तिर्ने ब्यक्तिहरुको संख्या भने बृद्धि भएको छ। 

Tata
GBIME
Nepal Life

कर्जा सूचना केन्द्रको कालोसूचीबाट एक बर्षमै ३ हजार ६६६ जनाको नाम हटेको छ। ऋण नतिरेर कालोसूचीमा परेका उनीहरुले बैंकको पैसा भुक्तानी गरेपछि कालोसूचीबाट बाहिरिएका हुन्। 

कालोसूचीमा १० हजार ७३१ जना ऋणी थिए। अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण तिर्नेको जमात बढ्दै गएको आर्थिक सर्वेक्षण सार्बजनिक गरिरहँदा बैंक तथा वित्तीय संस्थको खराब ऋण पनि बृद्धि हुँदै गएको बताएका छन्। फागुनसम्म बढेर १.७५ प्रतिशत पुगेको उनले बताए।

सहकारी
अर्थमन्त्री खतिवडाले फागुनसम्म सहकारी संस्थाबाट ३ खर्ब ४५ अर्ब ५९ करोड बचत परिचालन भएको बताएका छन्। यस अवधिमा ३ खर्ब ३२ अर्ब ७१ करोड ऋण लगानी भएको छ। 

अघिल्लो बर्ष निक्षेप परिचालन ३ खर्ब २३ अर्ब थियो भने ऋण लगानी ३ खर्ब थियो। 

अहिले देशभर सहकारी संस्थाको संख्या ३४ हजार ७३७ पुगेको छ। यसमा ६५ लाख १२ हजार ३४० जना सदस्य छन्। कुल शेयर पूँजी ७६ अर्ब ३४ करोड पुगेको छ।

कर्मचारी सञ्चय कोषमा पुससम्म सञ्चयकर्ताको सञ्चित रकम ३ खर्ब १ अर्ब ८१ करोड पुगेको छ। नागरिक लगानी कोषले १ खर्ब १३ अर्ब ८४ करोड लगानी गरेको छ।