नरेन्द्र मोदीको सपथ ग्रहणमा बिनोद चौधरीलाई पनि निम्तो, यस्तो छ मोदी-चौधरी सम्बन्ध

बिजमाण्डू
२०७६ जेठ १६ गते ११:५१ | May 30, 2019
नरेन्द्र मोदीको सपथ ग्रहणमा बिनोद चौधरीलाई पनि निम्तो, यस्तो छ मोदी-चौधरी सम्बन्ध

Tata
GBIME
Nepal Life

काठमाडौ। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहणमा निम्त्याइएका छन्। उनी समारोहमा भाग लिन दिल्ली पुगिसकेका छन्। 

भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि उनलाई निम्तो आएको थियो। मोदीको सपथ आज साँझ सात बजे हुँदैछ।

अध्यक्ष चौधरी मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन्। सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो। मोदी गुजरातको मूख्यमन्त्री छँदै चौधरी उनीसँग निकट थिए।