नेपाल टेलिकमको ‘कर्पोरेट युजर ग्रुप स्कीम’, न्यूनतम प्याकेजमा असीमित कुराकानी

बिजमाण्डू
२०७६ जेठ १७ गते १६:१० | May 31, 2019
नेपाल टेलिकमको ‘कर्पोरेट युजर ग्रुप स्कीम’, न्यूनतम प्याकेजमा असीमित कुराकानी


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ।

कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजना अनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ।कम्पनीका अनुसार यसका लागि एउटै संस्थामा कार्यरत कम्तिमा पनि १० जना मोवाइल प्रयोगकर्ता हुनुपर्नेछ। कम्पनीका अनुसार तर सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन्।

समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निशुल्क सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ। ‘टेलिकमका मोवाइल नम्बरसहितका समूहमा आबद्ध हुने व्यक्तिका नामावली र लिइने संस्थागत प्याकेज निवेदनमा खुलाई पेश गर्नुपर्छ।,’कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टेलिकमका मोवाइल नम्बर नभएको खण्डमा निर्धारित महशुल लिएर ग्राहक सेवा केन्द्रले तत्कालै नयाँ मोवाइल नम्बर उपलब्ध गराउने छ।’

यो सेवामा आबद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क वापत न्यूनतम प्याकेज रकम हुनुपर्ने कम्पनीले जनाएको छ।प्रिपेड मोवाइलमा मात्र उपलब्ध प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असिमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबिको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ।प्रिपेड वा पोस्टपेड दुवै मोवाइलमा ४ सयको संस्थागत प्याकेज लिंदा डेढसय मिनेट कुराकानी, ३ सय एमबिको इन्टरेनट र ५० वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सातसय रुपैयाँको संस्थागत प्याकेज लिएमा ३ सय मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश, एकहजार रुपैयाँमा ४ सय ५० मिनेट कुराकानी, १५ सय एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन सकिन्छ । १३ सयको संस्थागत प्याकेजमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा १६ सयको संस्थागत प्याकेजमा ७ सय ५० मिनेट कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा पाउने कम्पनीले जनाएको छ।