बैंकहरु ऋण बिस्तारमा सम्हालिन थाले, निक्षेप २७३ अर्बले बढ्दा ऋण ३४८ अर्ब रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७६ जेठ १९ गते १३:४५ | Jun 2, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु बर्षमा बाणिज्य बैंकहरुको ऋण लगानी ३४७ अर्ब ९० करोड रुपैयाँले बढ्दा निक्षेप संकलन भने जम्मा २७२ अर्ब ८० करोड रुपैयाँले मात्र बृद्धि भएको छ।

चालु बर्षको पहिलो दिनदेखि जेठ १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप २७ खर्ब ४२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। पछिल्लो दुई सातामै निक्षेप २० अर्ब रुपैयाँले बढेको छ। अण लगानी २४ खर्ब ५८ अर्ब ६६ करोड पुगेको छ। दुई सातामा ऋण बिस्तार भने साढे ६ करोड रुपैयाँ मात्र भएको छ।

पछिल्लो समय बैंकहरुले ऋण बिस्तार रोक्दै लगेका हुन्। निक्षेप र ऋणको सन्तुलन मिलाउन तथा अन्तिममा दिएको ऋण समस्यामा गए नोक्शानी ब्यवस्थापन बढ्ने भएर पनि रोक्न थालेका हुन्।

जेठ १७ गतेसम्म विकास बैंकहरुको कुल निक्षेप ३ खर्ब ७० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। ऋण बिस्तार पनि ३ खर्ब ३५ अर्ब ७० करोड नाघेको छ। फाइनान्स कम्पनीहरुको निक्षेप ७० अर्ब पुगेको छ भने ऋण ६५ अर्ब ४० करोड पुगेको छ।