एनसेलको सातै प्रदेशका हजार भन्दा बढी स्थानमा फोरजी, शहरी क्षेत्र भन्दा वाहिर पनि सेवा

बिजमाण्डू
२०७६ जेठ २० गते ०८:०९ | Jun 3, 2019
एनसेलको सातै प्रदेशका हजार भन्दा बढी स्थानमा फोरजी, शहरी क्षेत्र भन्दा वाहिर पनि सेवा


काठमाडौं। एनसेलले मुलुकका हजार भन्दा बढी स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका हजार भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरेको हो। अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच पाउने कम्पनीको दाबी छ।

“हाम्रा ग्राहकहरुलाई द्रुतगतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापुर्वक फोरजी सेवा विस्तार गरिएको छ। यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भईरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं।,” एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको लिन पाउने कम्पनीले जनायो।दुई वर्ष अगाडि एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो।