देवः विकास बैंकले वेष्ट्रनलाई एक बराबर एकको अनुपातमा गाभ्ने, अन्तिम प्रस्ताव साधारणसभामा

बिजमाण्डू
२०७६ जेठ २० गते १०:४१ | Jun 3, 2019


काठमाडौं। देवः विकास बैंकले वेष्ट्रन डेभलपमेन्ट बैंकलाई एक बराबर एकको अनुपातमा गाभ्ने भएको छ।

Tata
GBIME
Nepal Life

गाभ्ने गाभिने प्रस्ताव सहित दुबै बैंकले असार १२ गते वार्षिक साधारणसभा डाकेका छन्। देवः विकास बैंकले यस अगाडि वेष्ट्रन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव गरेको थियो।

वेष्ट्रनले साधारणसभामा चुक्ता पुँजीको १४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको हालको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ। यसै पुँजीका आधारमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो।

बैंकले हाल संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५५.१७ प्रतिशत र ४४.८३ प्रतिशतको अनुपातलाई ५१ प्रतिशत र ४९ प्रतिशत बनाउने गरी शेयर संचरना परिवर्तन गर्ने भएको छ।

त्यस्तै देवः विकास बैंकले आगामी साधारणसभामा चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको छ।

बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बोनस शेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ। वेष्ट्रनलाई गाभेसँगै देवको चुक्ता पुँजी तीन अर्ब १७ करोड रुपैयाँ पुग्ने छ।

निक्षेप संकलन २१ अर्ब ३० करोड रुपैयाँ नाघ्नेछ भने ऋण लगानी १९ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ। देवको तुलनामा वेष्ट्रनको खराव कर्जा र कस्ट अफ फण्ड कम छ।

बैंकले साधारणसभा प्रयोजनका लागि असार ६ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ। वेष्ट्रनको हकमा देवः विकास बैंकसँग गाभिने सम्झौता गरेसँगै २०७५ असार २७ गतेदेखि दोस्रो बजारमा कारोबार रोक लगाइएको छ।

गाभिएपछिको अवस्था

विवरण (रु. हजारमा)

देवः विकास बैंक

वेष्ट्रन डेभलपमेन्ट बैंक

जम्मा

चुक्ता पुँजी

2673032

504068

3177100

जगेडा कोष

733218

51748

784966

निक्षेप संकलन

17925677

3376906

21302583

ऋण लगानी

16949968

2948566

19898534

नाफा

255289

73649

 

प्रतिशेयर आम्दानी(रु.)

13.43

19.48

 

कस्ट अफ फण्ड(%)

8.72

7.82

 

खराव कर्जा(%)

1.66

0.75

 

शाखा कार्यालय संख्या

52

16

68