राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र प्रमुख कार्यकारी नियुक्त गर्न पाइने, ३ जनाको नाम सिफारिस

बिजमाण्डू
२०७६ जेठ २१ गते १०:२५ | Jun 4, 2019
राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र प्रमुख कार्यकारी नियुक्त गर्न पाइने, ३ जनाको नाम सिफारिस

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा स्वीकृति लिनु पर्ने ब्यवस्था गर्ने भएको छ। अहिले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएका छन्।

अब सञ्चालक समितिले सीफारिस गर्नु पर्ने र त्यस आधारमा राष्ट्र बैंकले नियुक्त गर्न ठिक वा बेठिक भन्ने निर्णय दिने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र सम्बन्धित बैंकले प्रमुख कार्यकारी नियुक्त गर्ने छ।

राष्ट्र बैंकले संशोधन तयारी भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयकमा यो ब्यवस्था गर्न लागेको हो। बाफिया आउन ढिला भएमा राष्ट्र बैंकले निर्देशिकामार्फत यो ब्यवस्था कार्यान्वयन गर्ने छ।

मस्यौदामा प्रस्ताव गरिए अनुसार, सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सीफारिस गर्नु पर्छ। त्यसका आधारमा राष्ट्र बैंकले आवश्यक निर्णय लिने छ।

'अर्बौ/खर्बौ रुपैयाँको ब्यवस्थापन गर्ने मान्छे नियुक्तिको जिम्मा पैसा लगानी गरेर सञ्चालक भएकाहरुको हातमा मात्रै छाड्न मिल्दैन' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'त्यसैले राष्ट्र बैंकले कस्ता ब्यक्ति नियुक्त गर्नु ठिक हो/होइन भनेर हेर्न खोजेको हो।'

अन्तर्राष्ट्रिय अभ्यासलाई पनि केलाएर यो ब्यवस्था प्रस्ताब गरिएको राष्ट्र बैंक स्रोतको दावी छ। अहिले भारत, श्रीलङ्काजस्ता छिमेकी देशहरुमा पनि केन्द्रीय बैंकको स्वीकृतिपछि मात्र प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने ब्यवस्था छ।