प्रमुख कार्यकारीको कुलिङ पिरियड ६ महिनाबाट एक बर्ष पुर्याउँदै राष्ट्र बैंक, ‘सिइओले चलखेल गरे’

बिजमाण्डू
२०७६ जेठ २१ गते १३:०० | Jun 4, 2019
प्रमुख कार्यकारीको कुलिङ पिरियड ६ महिनाबाट एक बर्ष पुर्याउँदै राष्ट्र बैंक, ‘सिइओले चलखेल गरे’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि कुलिङ पिरियडको अवधि बढाउने भएको छ। डेढ बर्षअघि पहिलो पटक कुलिङ पिरियड ६ महिनाको हुने ब्यवस्था गरेको थियो।

अब यसलाई बढाएर १ बर्षको बनाउने तयारीमा राष्ट्र बैंक छ। प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएपछि कम्तिमा ६ महिना अवधि बाहिर रहेर मात्र फेरि बैंकमा फर्किन पाउने अहिलेको ब्यवस्था छ।

राष्ट्र बैंकले प्रमुख कार्यकारीहरुलाई कुलिङ लगाएपछि उपल्लो दर्जाका कर्मचारी र सञ्चालक समितिलाई पनि कुलिङ पिरियडको ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले ६ महिनाको कुलिङ हुँदा प्रमुख कार्यकारीहरुले चलखेल अझ तिब्र पारेको भन्दै त्यसलाई बढाउने तयारी गरेको हो। एउटा बैंकमा जागिर सकिन लाग्दा अर्को बैंकमा आफ्नो जागिर मिलाउने चलखेल हुने गरेको र ६ महिनाको ब्यवस्थाले गर्दा अर्को बैंकले पनि पर्खिने गरेको पाइएको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ। 'त्यसैले एक बर्ष हुँदा उनीहरुलाई चलखेल गर्ने समय हुँदैन' ती अधिकारीले भने।