इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सले डाके विशेष एजिएम, बैंकले १००: ३३ को अनुपातमा गाभ्ने

बिजमाण्डू
२०७६ जेठ २२ गते १०:०३ | Jun 5, 2019
इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सले डाके विशेष एजिएम, बैंकले १००: ३३ को अनुपातमा गाभ्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सले गाभ्ने गाभिने प्रयोजनाका लागि असार ६ गते विशेष साधारणसभा डाकेका छन्। 

बैंकले जेविल्स फाइनान्सलाई १०० कित्ता बराबर ३३ कित्ताको अनुपातमा गाभ्न लागेको छ। 

हाल ‍जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ३८ लाख रुपैयाँ रहेको छ। डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियो अनुसार जेविल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ। नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। 

फाइनान्सलाई गाभेसँगै बैंकको चुक्ता पूँजी १२ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ। विशेष साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले गाभ्ने प्रस्ताव पारित भएसँगै एकिकृत कारोबार नभएसम्मका लागि संञ्चालक समिति यथावत रहनेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिला खारेज कार्य जेठ २७ गते एक दिन बन्द रहने फाइनान्सले जनाएको छ। फाइनान्सलाई गाभेसँगै बैंकको शेयर संरचना पनि परिवर्तन हुने भएकोले बैंकको प्रवन्धपत्रको संसोधन गर्ने विशेष प्रस्ताव साधारणसभा लगिएको छ। 

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ।