प्राइम बैंकले कन्काई एक्वायर गर्ने, कन्काई किन्दा पनि प्राइमको निक्षेप भन्दा ऋण बढी

बिजमाण्डू
२०७६ जेठ २२ गते १८:१० | Jun 5, 2019
प्राइम बैंकले कन्काई एक्वायर गर्ने,  कन्काई किन्दा पनि प्राइमको निक्षेप भन्दा ऋण बढी

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक एक्वायर गरेको छ।प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट अध्यक्ष सेवक दाहालले एक्वायरका लागि हस्ताक्षर गरे।

कन्काईको ग्रामीण क्षेत्रमा शाखा छन्। बैंकको कुल शाखा ८९ पुग्ने छ। ओमसँग मर्जर टुटेपछि प्राइमले कन्काई एक्वायर गरेको हो। ओमले एनएमबि बैंकसँग मर्जको सहमति गरिसकेको छ।

बैंकले जेठ २६ गते ११ ‍औ वार्षिक साधारणसभा डाकेको छ। कन्काई गाभ्ने प्रस्ताव लैजाने या नलैजाने कुनै पनि विषय सार्वजनिक गरेको छैन।हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने कन्काईको ५१ करोड ५० लाख रुपैयाँ छ। यदि बराबरी हैसियतमा भएमा चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ।

ओम डेभलपमेन्ट बैंकसँग एक बराबर ८२.५ को अनुपातमा गाभ्ने सहमति गरे पनि भाडिएको थियो। यहि आधारमा पनि कन्काई विकास बैंकको स्वाप रेसियो ओमको भन्दा कम हुन सक्ने छ। स्वाप रेसियोका आधारमा मात्रै मर्ज पछिको चुक्ता पूँजी तय हुने छ।

विवरण (रु.०००)

प्राइम बैंक

कन्काई विकास बैक

मर्ज पछिको अवस्था

चुक्ता पूँजी

8033299

515000

8548299

जगेडा कोष

4697629

86635

4784264

निक्षेप संकलन

68657820

1928812

70586632

ऋण लगानी

72868687

1900142

74768829

शाखा कार्यालय

73

16

89

खराव कर्जा

1.58

0.34

 

प्रतिशेयर आम्दानी

25

11

 

दोस्रो बजारमा मूल्य

302

196

 

कस्ट अफ फण्ड

8.29

7.81