बजेटबाट आटामा पनि भ्याट, मूल्य किलोमै ६ रुपैयाँ बढ्ने, हटाउन उद्योगीको आग्रह

बिजमाण्डू
२०७६ जेठ २४ गते १६:५८ | Jun 7, 2019
बजेटबाट आटामा पनि भ्याट, मूल्य किलोमै ६ रुपैयाँ बढ्ने, हटाउन उद्योगीको आग्रह

Tata
GBIME
Nepal Life

काठमाडौं।बजेटबाट गहुँको पिठो(आटा)मा भ्याट लगाएपछि स्वदेशी मैदा उद्योगको लगानी जोखिममा पर्ने नेपाल मैदा मिल एशोसिएनले जनाएको छ।

मुलुकभित्र ३८ वटा मैदा मिल छ।एशोसिएसनले भारतबाट वैद तथा अवैध रुपमा आउने मैदा र आटासँग भ्याटकै कारण प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरेको छ।‘सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि व्यवहारमा स्वदेशी उद्योगलाई निरुत्साहित बनाएको छ’एशोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भ्याटका कारण आटाको मूल्य किलोमै ६ रुपैयाँसम्म बढ्ने एशोसिएसनले दाबी गरेको छ।एशोसिएसनले विगतमा मैदा उद्योग रुग्ण भएका कारण भ्याट छुट दिएको जनाउँदै भ्याट कार्यान्वयनले फेरि समस्यामा पर्ने जनाएको छ।एशोसिएसनले विलासिता वस्तुको जस्तै अत्यावश्यक उपभोग्य वस्तुमा भ्याट कार्यान्वयन पुर्नविचार गर्न सरकारसँग आग्रह गरेको छ।