नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुँदै, नेपाली संस्कृति र खाना प्रवर्द्धनको लक्ष्य

बिजमाण्डू
२०७६ जेठ २६ गते १२:५९ | Jun 9, 2019
नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुँदै, नेपाली संस्कृति र खाना प्रवर्द्धनको लक्ष्य


Tata
GBIME
Nepal Life

जापान। जापानको नागोयामा प्रथम पटक गर्न लागिएको नेपाल फेष्टिबल २०१९को तयारी पूरा भएको छ। जून १५ र १६ साकायस्थित हिसाय दोहोरी पार्कमा हुने महोत्सव नेपाली संस्कृति र नेपाली खाना राखिने संयोजक पारसमणि पोखरेलले बताए।

महोत्सव जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले गर्नेछिन्। महोत्सवमा नागोयाका उपमेयर, ओबु सिटीका मेयर ,जापानका सांसदहरू लगायत जापानका उच्च अधिकारीहरु रहनेछन् भने गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट , उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य र अमेरिका संयोजक गौरीराज जोशी सहभागी हुनेछन्।