क्रिकेट हेर्न स्टेडियम पुगेका बिजय माल्यालाई यस्तो के आइलाग्यो, ‘गली गलीमे शोर है माल्या चोर है..’

बिजमाण्डू
२०७६ जेठ २८ गते १६:०० | Jun 11, 2019


किङफिसर ब्राण्डका मालिक भारतीय ब्यापारी बिजय माल्या क्रिकेट हेर्न लण्डलको ओभल पुग्दा लज्जास्पद हुँदै बाहिरिनुपरेको छ।

Tata
GBIME
Nepal Life

भारत र अष्ट्रेलियाको वर्ल्ड कप म्याच हेर्न आइतबार लण्डनको ओभल स्टेडियम पुगेका माल्यालाई भारतीय दर्शकको एक समूहले धेरै बेर हुटिङ गरे।  

उनलाई एक समूहले घेरेर 'माल्या मेरा पैसा दे', 'चोर हे चोर हे गली गली मे शोर है बिजय माल्या चोर है…' भन्दै हुटिङ गरेका थिए।

उनी गेम सकिएपछि फर्कन कारतर्फ अघि बढुन्जेलसम्म पनि सो भारतीय समूहले उनी बिरुद्ध नाराबाजी गरिरहे। उनी पछाडि फर्किएर हेर्दै केही मानिसलाई धन्यवाद भन्दै अघि बढेका थिए।

उनले केही मानिसलाई धन्यवाद दिएकोमा एकजनाले 'मानव बन, आफ्नो देशसँग माफी माग' भनेका थिए जसको जवाफ माल्याले दिएनन्।

माल्याले आफू देश छोडेर भागेको अस्वीकार गर्दै आएका छन्। उनले आफू भारतीय बैंकहरुको सबै पैसा तिर्न तयार भएको बताउँदै आएका छन्।

माल्यामाथि भारतका १३ वटा बैंकको ऋण नतिरी बेलायत भागेको आरोप छ। एसबिआई बैंकले नेतृत्व गरेको १३ बैंकको टोलीले उनीमाथि ऋण असुलीको मुद्दा दायर गरेका छन्।

भारतले बेलायत सरकार समक्ष सन् २०१७ मा माल्याको सुपुर्दगीका लागि फाइल गरेको थियो। हाल उनी धरौटीमा रिहा भइ बेलायतमा बस्दै आएका छन्।