रेडबुलको नक्कल गरेर उत्पादन बिक्री गर्ने ‘रेड ब्ल्यु’ को आयात बन्द, आधा दर्जन उत्पादन बजारमा

बिजमाण्डू
२०७६ जेठ २८ गते १७:४१ | Jun 11, 2019
रेडबुलको नक्कल गरेर उत्पादन बिक्री गर्ने ‘रेड ब्ल्यु’ को आयात बन्द, आधा दर्जन उत्पादन बजारमा

Tata
GBIME
Nepal Life

काठमाडौं। विश्वप्रशिद्ध बहुराष्ट्रिय ब्राण्ड रेडबुलको ट्रेडमार्क नक्कल गर्ने 'रेड ब्ल्यु' को आयात रोक्न पाटन उच्च अदालतले बाटो खोलिदिएको छ।

नेपालस्थित रेडबुलको आधिकारिक विक्रेता जिबि मार्केटिङले उपभोक्तामा भ्रम पैदा गर्नेगरि रेडबुलको हुबहु ट्रेडमार्क नक्कल गरेर 'रेड ब्ल्यु' बजारमा विक्रिवितरण भइरहेको भन्दै गत बैशाख ९ गते उद्योग विभाग मुद्दा हालेको थियो।

विभागले यहि जेठ ५ गते 'रेड ब्ल्यु' आयात गरी विक्रि वितरण गर्ने रिलायबल नेपाल इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीलाई ट्रेड मार्क नक्कल गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गर्दै आयात रोक्न आदेश दिएको थियो।

रिलायबल भने विभागको फैसला विरुद्ध उच्च अदालत पाटन गएको थियो। पाटन उच्च अदालतले पनि विभागको 'रेड ब्ल्यु' को आयात रोक्ने फैसलालाई सदर गर्दै जेठ २४ गते रिलायबलको रिट खारेज हुने फैसला गरेको हो। 

कम्पनीले बिगत १० वर्षदेखि थाइल्याण्डबाट रेडबुल आयात गर्दै विक्रि वितरण गरिरहेको छ। अहिले बजारमा रेडबुलको नक्कल गर्दै भियतनामबाट आयात हुने 'रेड ब्ल्यु', रेड डिमो, रेड याक, रेड बेल लगायतका आधा दर्जन पेय पदार्थ बजारमा छ्यापछ्याप्ती पाइन्छन्। हेर्दा दुरुस्तै रेडबुल जस्तै देखिने भएकाले एक पटक दोहोर्याैएर नहेरेसम्म रेडबुलनै हो भन्ने उपभोक्ताले सहजै छुट्ट्याउन नसक्ने आम उपभोक्ताको गुनासो छ।

अदालतको नजिर
विश्वप्रशिद्ध बहुराष्ट्रिय ब्राण्ड कन्साई नेरोल्याक, अमेरिकि बहुराष्ट्रिय ब्राण्ड पेप्सीकोको उत्पादन कुरकुरे, भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स लगायतका ब्राण्डले नेपालमा आफ्नो ट्रेडमार्कको लागि लामै संघर्ष गरिरहनुपरेको छ। 

ट्रेडमार्ककै झमेलाले रिलायन्स नेपालबाट बाहिरिए पनि अन्य कम्पनी भने १०औं वर्षदेखि मुद्दा लड्दै आएका छन्। यी कम्पनीको मुद्दा नटुङ्गिए पनि रेडबुलको पक्षमा भएको फैसलालले नेपालमा ट्रेडमार्क रक्षा हुने र नक्कल गरे कार्वाही हुने नजिर बसेको छ।

यसअघि अमेरिकी बहुराष्ट्रिय कम्पनी मार्स इन्कर्पोरेटेडको विश्वप्रशिद्ध उत्पादन स्निकर चकलेटको नक्कल गर्दै स्निपर नामको चकलेट पनि नेपालमा बिक्रिवितरण भएको थियो। बिजमाण्डूले समाचार प्रकाशित गरेपछि अहिले उक्त चकलेटको आयात रोकिएको छ।

त्यसैगरि हिमालयन डिस्टिलरिको उत्पादन गोल्डेन ओकको नक्कल गर्दै उत्पादन भएका गोल्डेन इगल, गोल्डेन याक, गोल्डेन मारुती लगायतका मदिराको वारेमा पनि बिजमाण्डूले समाचार प्रकाशित गरेको थियो। त्यसपछि गोल्डेन याक, गोल्डेन इगल लगायतका कम्पनीले ट्रेडमार्क नक्कल गरेको भन्दै उद्योग विभागले २५ हजार रुपैयाँ जरिवाना सहित उत्पादन रोक्का गरिएको थियो।

नेपालमा ट्रेडमार्क दर्ता गरेर व्यावसाय गर्ने बहुराष्ट्रिय कम्पनीलाई रेडबुलको पक्षमा आएको अदालतको यो फैसलाले भोलिका दिनमा थप सहज हुने बाटो बनाइदिएको छ।

उद्योग मन्त्रालयले तयार पारेको बौद्धिक सम्पत्ती सम्बन्धि कानुनको नयाँ मस्यौदामा ट्रेडमार्क नक्कल गरे फौजदारी अभियोग लगाउनेदेखि १० लाख रुपैयाँ जरिवाना गर्ने सम्मका प्रावधान राखिएको छ।

यो पनि पढ्नुस्:

विदेशका नक्कली सामान सजिलै आउँछ नेपालमा, स्निकर चकलेटको नक्कली स्निपर्स खुलमखुला बिक्री

अर्काको कम्पनीको ब्रान्डिङ चोरेर नाफा कमाउने प्रबृत्ति बढ्दो, व्यवसाय गर्नै हैरानी

गोल्डेन ओकको पेटेन्ट चोरेर गोल्डेन इगल उत्पादन भएको पुष्टी, उत्पादन बन्द, २५ हजार जरिवाना
 

आफ्नो ट्रेडमार्क चोरेको भन्दै गुगलले हाल्यो नेपाली बिरुद्ध मुद्दा
 

नेरोल्याक 'कब्जा' मा परेपछि जापानी एफडिआइ फर्कने अवस्थामा, कानुनी दाउपेचले उत्पादन अबैध
 

अब ट्रेडमार्क नक्कल गरे फौजदारी अभियोगः ट्रेडमार्क चोरे १० लाख जरिवानादेखि पाँच वर्षसम्म जेल