बैंकमा रोजगारीको अवसरै अवसर, एनआईसी, एनसीसी र कामना सेवा बैंकले मागे कर्मचारी

बिजमाण्डू
२०७६ जेठ २९ गते ११:१९ | Jun 12, 2019
बैंकमा रोजगारीको अवसरै अवसर, एनआईसी, एनसीसी र कामना सेवा बैंकले मागे कर्मचारी

काठमाडौं। एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसिसी’ बैंक र कामना सेवा विकास बैंकले उच्च तहदेखि सहायकस्तरसम्मका कर्मचारी माग गरेका छन्।

Tata
GBIME
Nepal Life

एनसिसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्छ।कम्तिमा दुई वर्ष उच्च व्यवस्थापकिय भुमिकामा रहेर काम गरेको हुनु पर्ने मापदण्ड बैंकले राखेको छ।

बैंकले सहायक सिइओ सँगै एक जना सहायक महाप्रवन्धक, सुदुर पश्चिममा काम गर्ने गरि दुई जना एसिस्टेन्ट म्यानेजर र स्नातकोत्तर गरेका १० म्यानेजमेन्ट ट्रेनीको लागि विज्ञापन खुला गरेको हो। योग्य आवदेकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ। 

एनआईसी एशिया बैंकले एक जना डेपुटी जनरल म्यानेजर पदमा लागि एक जना डेपुटी चिफ रिस्क म्यानेजर र एक जना डेपुटी हेड अफ इन्टर्नल अडिटमा कर्मचारी माग गरेको हो। सिनियर अफिसर पदका लागि पनि १४ जना कर्मचारी आह्वान गरिएको छ। डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि उपत्यका भित्र एक जना र उपत्यका बाहिर ५ जना कर्मचारी माग गरिएको छ।

अफिसर पदको इन्टर्नल अडिटका लगि ५० जना कर्मचारी माग गरिएको छ। त्यस्तै जुनियर अफिसर पदका लागि ६ जना कर्मचारी मागेको छ। सहायक स्तरको पदका लागि पनि दुई जनाको विज्ञापन खुला गरिएको छ।

म्यानेजर स्तरको पदका लागि कम्तिमा स्नातकोत्तर गरि  ५ देखि १० वर्षको कार्यानुभव हुनु पर्नेछ। साथै अफिसर स्तरको पदका लागि स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। योग्यता पुगेकाहरुले असार ११ गतेसम्ममा अनलाइनबाट आवेदन दिन सक्ने छन्।

कामना सेवा विकास बैंकले पुराना तथा नयाँ १८ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदमा विज्ञापन खुला गरेको छ। ब्रान्च म्यानेजरका लागि कम्तिमा पनि तीन वर्षको कार्यानुभब हुनु पर्नेछ। रिलेसनसिप म्यानेजर पदका लागि पनि नया तथा पुराना १३ शाखा कार्यालयका लगि कर्मचारी माग गरिएको छ। २८ वटा शाखा कार्यालयको लागि सर्भिस म्यानेजरको विज्ञापन खुला गरिएको छ। बैंकले शाखा कार्यालय तोकेरै  ६९ जना कर्मचारी माग गरेको हो। 

बैंकले कानुनी विभागका लागि सहायक स्तरका केही कर्मचारी माग गरिएको छ। बैंकले ट्रेनीका लागि केही कर्मचारी माग गरेको छ।ईच्छुक आवेदकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ।