आइतबारदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा, यो रुटमा चल्नेछ राती ९ बजेदेखि १ बजेसम्म बस

बिजमाण्डू
२०७६ जेठ ३० गते १९:२८ | Jun 13, 2019
आइतबारदेखि काठमाडौं उपत्यकामा रात्रीकालिन बससेवा, यो रुटमा चल्नेछ राती ९ बजेदेखि १ बजेसम्म बस


Tata
GBIME
Nepal Life

काठमाडौं। यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ।

आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा राती ९ बजेदेखि रात्रीकालिन बससेवा संचालन हुने विभागले जनाएको छ।विभागका महानिर्देशक कुमारप्रसाद दहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए।

अहिले ८ बजेसम्म सार्वजनिक यातायात संचालन हुनेछ। महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी समस्यामा पर्दै आएका थिए।रात्रीकालिन बस सेवाको भाडादर पचास प्रतिशत महँगो हुनेछ। विभागका अनुसार चार किलोमिटरसम्मको यात्राका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ।