प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल, राष्ट्र बैंक छाडेको ४ दिनमा सिइओ 

बिजमाण्डू
२०७६ जेठ ३१ गते ०९:५९ | Jun 14, 2019
प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल, राष्ट्र बैंक छाडेको ४ दिनमा सिइओ 

Tata
GBIME
Nepal Life

काठमाडौ। नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको चौथो दिन नै नारायण पौडेले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

३० बर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका पौडेल पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख थिए। उनी अनुसन्धानजस्तो महत्वपूर्ण विभागमा बसेर पनि काम गरेका थिए।

पौडेले २६ गते अवकाश भएका हुन्। प्रभु लाइफको ३० गतेको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। उनको नियुक्ति नियामक बीमा समितिले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुन्छ। बीमा समितिको अध्यक्षमा पनि राष्ट्र बैंककै 'क्याडर' छन्।