सुनको भाउ एक वर्षयताकै उच्च, शुक्रबार ६ सयले बढ्दै तोलाको ६३ हजार रुपैयाँमा कारोबार

बिजमाण्डू
२०७६ जेठ ३१ गते १२:३१ | Jun 14, 2019


काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको छ।

Tata
GBIME
Nepal Life

शुक्रवार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 गत ८ गतेयता बजार मूल्य लगातार बढ्ने क्रममा तीन हजार ८ सय रुपैयाँले बढेको हो।

नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा तोकिन्छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्ष यताकै उच्च भएको छ।

अन्तर्राष्ट्रिय प्रति औन्स १३४७.८५ डलरमा कारोबार भैरहेको छ। तत्कालिन अवस्थामा प्रति औन्स ८ डलरले बढेको छ। अमेरिकामा बेरोजगार सुविधाको लागि आवदेन दिनेको संख्या बढ्दै गर्दा सुनको भाउ बढ्न थालेको विश्लेषण गरिएको छ।

यस अगाडि दुई लाख १८ हजारले बेरोजगार सुविधा लिदै आएकोमा यो संख्या बढेर दुई लाख २२ हजार पुगेको छ।

चार हप्ताको अवधि औसतमा दैनिक २५ सय जनाले बेरोजगार सुविधाको लागि आवदेन दिँदै आएका छन्। यसको प्रभाव सुनको मूल्यमा पर्ने गरेको छ।

अमेरिका र चीनबीचको व्यापार युद्ध ‘ट्रेड वार’ समाधान नहुँदा पनि सुनको बजार मूल्य दिन दिनै बढ्दै आएको छ।

अमेरिका र चीन बीचमा आयातित सामानमा लाग्ने भन्सार शुल्कका विषयमा विवाद चुलिँदै गएको छ। यहि विवादले सुनको भाउमा विगत लामो समयदेखि प्रभावित पार्दै आएको छ।