पूर्व अर्थमन्त्री महतले भने-‘ ऋणको हिस्सा बढी भएको बजेटले देशमा वित्तिय संकट ल्याउँछ’

रासस
२०७६ जेठ ३१ गते १३:५९ | Jun 14, 2019
पूर्व अर्थमन्त्री महतले भने-‘ ऋणको हिस्सा बढी भएको बजेटले देशमा वित्तिय संकट ल्याउँछ’

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्वअर्थमन्त्री डा. रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको  बताएका छन्। शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए।

एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनले बताए। महतले भने, “जिडिपीको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ। महँगी बढाउँछ।”

आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनले बताए। वर्तमान सरकारप्रति सर्वसाधारण र वौद्धिक वर्ग निराश भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले बताए।