नाट्टा र क्लियरिङ हाउसबीच सम्झौंता, ट्राभल एजेन्टले आफ्नो भूक्तानी अनलाईनबाट गर्न मिल्ने

बिजमाण्डू
२०७६ असार १ गते १२:३८ | Jun 16, 2019
नाट्टा र क्लियरिङ हाउसबीच सम्झौंता, ट्राभल एजेन्टले आफ्नो भूक्तानी अनलाईनबाट गर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल एशोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स र नेपाल क्लियरिङ हाउसबीच अनलाईन भूक्तानीका लागि सम्झौंता भएको छ।यो सम्झौंता अनुसार नाटाका सदस्य ट्राभल एजेन्ट र ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भूक्तानी गर्न सक्नेछन्।

सम्झौंतापत्रमा नाटाका अध्यक्ष सिएन पाण्डे र एनसिएनएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे।ट्राभल एजेन्टले कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीको वेवसाइट इन्ट्रिग्रेट गरि सोझै अनलाईनबाट भूक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

यो वेवसाइट र मोबाइल एप प्रयोग गरेर ४९ बैंक तथा वित्तिय संस्थाबाट भूक्तानी गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ।नाटाको वार्षिक सदस्यता शुल्कको भूक्तानी पनि अनलाइनबाट गर्न सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार सम्झौंताले पर्यटन क्षेत्रमा लागेका मुलुकभरका ट्राभल तथा टूर एजेन्टसको भूक्तानी तथा नगद प्रवाहमा सहयोग पुग्नेछ।