नेपालमा वित्तीय साक्षरता बढाउन एनबिआइको नेदरल्यान्डको संस्था अफ्लाटोनसँग समझदारी

बिजमाण्डू
२०७६ असार ६ गते ०९:५९ | Jun 21, 2019
नेपालमा वित्तीय साक्षरता बढाउन एनबिआइको नेदरल्यान्डको संस्था अफ्लाटोनसँग समझदारी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच दक्षिण अफ्रिकाको जोहानेस्वर्गमा समझदारी भएको छ। 

“अफ्लाटोन इन्टरनेशनल” नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो।  एनबीआईका प्रमूख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र अफ्लाटोनका प्रमूख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि अफ्लाटोनले विकास गरेको वित्तीय साक्षरता सम्बन्धी बिशिष्ट औजारहरुमा एनबिआइको पहुँच हुने छ।

विभिन्न सम्बद्ध पक्षहरुको सहभागीता मार्फत युवा तथा बालबालिकाहरुका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्न योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु सम्झौताको मुख्य उद्धेश्य हो।  

विभिन्न ३५ मुलुकका सरकार एवं २७५ वटा साझेदारहरु सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १०० भन्दा बढी राष्ट्रका ८६ लाखभन्दा बढी युवा तथा बालबालिकाहरुमा पहुँच पुर्याइ उनीहरुलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आईरहेको छ।