जेबिल्स प्राप्तिपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजीमा २८ करोड थपियो, एजिएमबाट अनुमोदन

बिजमाण्डू
२०७६ असार ६ गते १४:०५ | Jun 21, 2019
जेबिल्स प्राप्तिपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजीमा २८ करोड थपियो, एजिएमबाट अनुमोदन

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड र जेबिल्स फाईनान्सको ८४ करोड रुपैयाँ छ।

जेबिल्सको १०० रुपैयाँ अंकति दरको शेयरलाई ३३ रुपैयाँ प्रदान गर्ने सहमति भएको छ। यसअनुसार जेबिल्स मिसिएपछि बैंकको चुक्त पूँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। 
 
अब बैंकको कुल निक्षेप १ खर्ब ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ खर्ब ३२ अर्ब  रुपैयाँ पुग्ने छ। जेबिल्स फाईनान्स प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ।